कैलालीको खुटिया खोलामा सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन्।

सुर्खेतको लेखबेसी नगरपालिका–१ घर भइ हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत अन्दाजी २१ वर्षका सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।

उनले सशस्त्र जवान सारु पानीभित्र मृत अवस्था फेला परेको बताए। के कसरी मृत अवस्थामा फेला परे भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए।

असोज १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्