काठमाडौँ – देशभर सोमबारको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेकाे छ।

यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्।

सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्