बडादसैँका लागि सानिमा बैंकको निशुल्क क्रेडिट कार्ड

काठमाडौँ – हिन्दु नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा सानिमा बैंकले ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

सोमबारदेखि लागु हुने यो योजना असोज मसान्तसम्म लागु हुने छ ।

साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।

यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ्ग पोर्टल (online shopping portal) दराजमा  तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निशुल्क भौचर समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरणको लागि  https://www.sanimabank.com/products/cards/discount-outlets  मा लगइन गर्न बैंकले आग्रह गरेकाे छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्