ओपोले नेपाली बजारमा ल्‍यायो नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो स्मार्टफोन

काठमाडौँ-ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाव मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको बताएका छन्।

एफ १७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने विश्वास उनले लिएका छन्।

अल्ट्रा(स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ १७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ।

नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ १७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गरिएको छ।

नेपाली बजारमा ओपो एफ १७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ।

म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी र्‍याम र १२८ जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ।  यसको बजार मूल्य ४३,९९० रुपैँया निर्धारण गरिएको छ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ १७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च(होल डिस्प्लेको प्रयोग गरिएको छ।

साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन(टू(बडी रेसियो उपलब्ध गरिएको छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्