कोरोना अपडेट: संक्रमित ७४ हजार ७४५, निधन ४८१, डिस्चार्ज ५४ हजार ६ सय ४०

काठमाडौँ- नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ भने मृत्‍यु हनेको संख्‍या ४ सय ८१ जना पुगेको छ।

यस्तै कोरोना भाइरसबाट निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ भने सोमबार मात्रै १ हजार ३ सय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, ओखलढुङगाका १, खोटाङका २, झापाका २, तेह्रथुमका २, पाँचथरका १, भोजपुरका २, मोरङका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै संखुवासभाका १, सुनसरीका २०, धनुषाका २२, पर्साका ७, बाराका ३, महोत्तरीका २५, रौतहटका १, सप्तरीका १०, सर्लाहीका ६, सिरहाका ५५ जना रहेका छन भने काठमाडौँका ६४९, काभ्रेका १०, चितवनका १७, दोलखाका १, धादिङका ११, नुवाकोटका ३, भक्तपुरका ३६, मकवानपुरका ४०, ललितपुरका १३२, सिन्धुपाल्चोकका ७, सिन्धुलीका ४, कास्कीका ४, गोरखाका ३ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपरासीपूर्वका २०, पर्वतका ३, लमजुङका ७, बागलुङका १, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ५, गुल्मीका ५, दाङका २, नवलपरासीका ५, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका २०, कालिकोटका २, जाजरकोटका २, दैलेखका २, सल्यानका २, सुर्खेतका २९, अछामका १३, कैलालीका ५०, बझाङका १४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोमबार ७४२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ। हाल ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय २५ जनाको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

यस्तै देशभरीका संस्थागत आइसोलेसनमा आजसम्म प्रदेश नम्बर १ मा १ सय ९०, प्रदेश नम्बर २ मा ९ सय २६, बागमती प्रदेशमा ५ हजार ७ सय २ र गण्डकी प्रदेशमा ४ सय १९ जना रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७२, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ५ सय २४ गरी देशभरी ८ हजार ६ सय ९५ जना रहेका छन्।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ३४, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ र गण्डकी प्रदेशमा ४ सय ८९ जना रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४१, कर्णाली प्रदेशमा २ सय ४२ र १ सय ४९ गरी देशभरी १० हजार ९ सय २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ। यस्तै ६ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन्।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्