कांग्रेस सांसद स्नेही सामान्य सवारी दुर्घटनामा परे

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही दुर्घटनामा परेका छन्।

सोमबार बिहान स्कुटरमा टेकुमा दुर्घटनामा परेका स्नेहीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनको दायाँ हातको कुममा चोट लागेको नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वले जानकारी दिए। कुमको हड्डीमा असर देखिएको छ।

उनको अवस्था सामान्य रहेको गन्धर्वले बताए।

उनी पार्टी कामका लागि सिन्धुपाल्चोक जान निवासबाट निस्किएका थिए।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्