गोताखोरलाई ३ सय प्रतिशत भत्ता दिने निर्णय

शसस्त्र प्रहरीको गोताखोर टोली फाइल तस्विर

काठमाडौँ– सरकारले बेलायत सरकारले सहयोग स्वरुप उपलब्ध गराउने ३ अर्ब ५२ करोड स्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि दिने रकम स्वीकार गर्ने निर्णय गरेको हो।

उक्त रकम तेस्रो चरणको स्वास्थ्य क्षेत्र सुधारका लागि खर्च हुने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

आइतबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने पनि गरेको छ।

गोताखोरलाई काम गरेको दिन तीन सय प्रतिशतसम्म भत्ता दिने निर्णय भएको छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्