कोरोना महामारीमा सहयोग गरेबापत सोनु सुदलाई युनडिपिले गर्‍यो सम्मान

बलिउडका कलाकार सोनु सुदलाई कोरोना भाइरस महामारीको समयमा सहयोग गरेको भन्दै युनडिपीले सम्मान गर्ने भएको छ। कोरोना महामारीको समयमा प्रवासी मजदूरलाई घर पुर्‍याउने, विदेशबाट स्वदेश फर्कन चाहने विद्यार्थी ल्याउने र बालबालिकाको निशुल्क उपचार र शिक्षा दिने घोषणा गरेका सुदलाई यो सम्मान गरिएको हो।

सोनुलाई युनाइटेड नेशन डेभलपमेन्ट प्रोगाम (यूएनडिपी) को एसडिसी स्पेशल ह्यूमैनेटेरियन एक्शन अवार्डले सम्मान गरिएको हो।

सोनुलाई यो सम्मान भर्चुअल कार्यक्रमका बिचमा दिने घोषणा गरिएको थियो। सोनू भन्दा अगाडि हलिउडकी कलकार एंजोलिना जोलि, लिओनार्दो डिक्रापियो, एम्मा वाटसन, बेलायति फुटबल खेलाडि डेबिड बेकाह्याम र बलिउडका तर्फबाट अभिनेत्री प्रियंका चोपडालाई यूनाइटेड नेशनको अर्को संस्थाद्वारा अवार्ड दिई सकेको छ ।

असोज १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्