टाइब्रेकरमा चेल्सीलाई स्तब्ध पारी टोटनह्याम लिग कपको क्वाटरफाइनलमा

चेल्सीलाई टाइब्रेकरमा पराजित गरी टोटनह्याम लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको चौथो चरणको खेलमा पछि परेको घरेलु टोली टोटह्यामले पुनरागमन गरी निर्धारित समयमा बराबरी गर्न सफल भयो ।

१९ औँ मिनेटमा तिमो वेर्नरले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए। पछि परेको टोटनह्यामका लागि ८३ औँ मिनेटमा एरिक लामेलाले बराबरी गोल गरे ।

निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा चेल्सीका म्यासन माउन्ट चुके, टोटनह्याम ५–४ ले विजयी भयो ।

असोज १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्