धनगढी – बझाङमा २५ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट प्रहरीले २५ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाका अनुसार पक्राउ पर्नेमा बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामी रहेका छन् ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट बित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चरेससहित पक्राउ परेका दुवैजनालाई अहिले प्रहरी चौकी बित्थडचिरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्