काठमाडौँ – पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार बिहान विधिवत रुपमा गजूर राखिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले क्षति गरेको रानीपोखरी तथा त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिरमा बिहीबार विधिवत रुपमा गजूर राखिएको हो ।

रानीपोखरीको ९५ प्रतिशत काम सम्पन्न भएको छ । हालै पोखरीमा तीन करोड २२ लाख लितर पानी भरिएको छ ।

विगत पाँच वर्ष बालगोपालेश्वर मन्दिर बन्द रह्यो । यो वर्ष भने तिहारमा बालगोपालेश्वर मन्दिर खुला हुने भएको छ ।