हाथरस बलात्कार प्रकरणः पीडित परिवारलाई भेट्न हिँडेका राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जान लागेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पीडित परिवारसँग भेट गर्न हाथरसका लागि हिँडेका थिए। तर उनीहरुमाथि नोयडाको ‘एक्सप्रेस वे’मा प्रहरीले बल प्रयोग गरेर उनीहरुको गाडी रोकेको थियो।
Shri @RahulGandhi, Smt @priyankagandhi & senior Congress leaders have been arrested by the UP police.#JusticeForIndiasDaughters pic.twitter.com/mZ3hMj84Z9
— Congress (@INCIndia) October 1, 2020
त्यसपछि राहुल गान्धी गाडीबाट झरेर पैदलै अघि बढेका थिए। यसक्रममा प्रहरीले राहुललाई धकेलाधकेल गरेको थियो। सो क्रमममा आफूमाथि लाठीचार्ज भएको राहुलले बताएका छन्। प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीलाई हिरासतमा लिएको छ।
पीडित परिवारलाई भेट्न हिँडेका उनीहरुलाई रोकेको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भइरहेको छ।