२ वर्षमा १ सय ४२ नेपालीलाई फर्कायो अमेरिकाले, धेरेलाई चार्टर्ड विमानमा

काठमाडौँ – अवैधरुपमा बसिरहेका र प्रवेश गरेका नेपालीलाई अमेरिकाले निरन्तर फर्काइरहेको छ। उसले आफै विमान चार्टर्ड गरेर बुधबार सात जना नेपालीलाई स्वदेश फर्काएको छ।

अध्यागमन विभाग स्रोतका अनुसार पछिल्लो दुई वर्षमा अमेरिकाले एक सय ४२ जना नेपालीलाई घर फर्काएको ‘डिपोर्ट’ गरेको छ जसमध्ये धेरैलाई विमान चार्टर्ड गरि पठाइएको हो।

आर्थिक वर्ष ०७५/७६ मा ४५ जना नेपालीलाई डिपोर्ट गरिएकोमा गत आर्थिक वर्षमा २ महिलासहित ८३ जना नेपालीलाई नेपाल फिर्ता पठाइएको अध्यागमन स्रोतले जनाएको छ।

चालु आर्थिक वर्षमा एक महिलासहित १३ जना अमेरिकाबाट फिर्ता भएका छन्। मानव तस्करको पछि लागेर अमेरिका पुगेपछि समातिएकालाई अमेरिकाले फिर्ता पठाउने गरेको छ।

यसरी फर्किएका नेपालीहरु कसरी अमेरिका पुगेका थिए भन्नेमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने गरेको छ।

असोज १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्