हेर्दै छोउँ-छोउँ लाग्ने युवतीलाई मात्र एसिड आक्रमण हुन्छः हिसिला यमी

तस्बिर: बर्षा शाह/देशसञ्चार

काठमाडौँ– जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बलात्कार र एसिड आक्रमणबारे विवादित अभिव्यक्ति दिएर सरकारको आलोचना गरेकी छन्।

शुक्रबार काठमाडौँको माइतीघरमा महिला हिंसा र बलात्कारविरुद्धको प्रदर्शनका क्रममा नेतृ यमीले सम्पन्न परिवारको सुरक्षालाई लक्षित गर्दै सरकारले एसिड आक्रमणविरुद्ध कठोर कानुन ल्याएकाे तर बलात्कारको शिकार विपन्न र गरिब परिवारकी छोरी हुने भएकोले कुनै वास्ता नगरेको आरोप लगाएकी हुन्।

‘एसिडको घटना धेरै जसो सम्पन्न परिवारकी छोरीहरु, देख्नमा राम्री, छोउँ छोउँ लाग्ने धनी बाउकै छोरीमा हुन्छ, यसविरुद्ध कानुन ल्याएको छ त्यो स्वागत योग्य छ’, उनले भनिन्, ‘बलात्कार अधिका‌ंश गरिब र दलितकी छोरीहरुमा हुन्छ यसबारे पनि कठोर कानुन चाहियो।’

असोज १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्