माछा मारेर फर्किरहेका दुईमाथि जबर्जस्ती गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवान समातिए

नेपालगञ्ज- माछा मारेर फर्किरहेका दुई किशोरीलाई जबरजस्ती करणी गर्ने सशस्त्र प्रहरी बलका दुई जवानलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना एक महिना पुरानो भएपनि अहिले उजुरी परेकाले बर्दिया प्रहरीले सशस्त्र प्रहरीका दुई जवानलाई नियन्त्रणमा लिएको हो।

बर्दिया प्रहरी प्रमुख एसपी केदार रजौरेले घटना पुरानो भएपनि अहिले उजुरी परेकाले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए।

भदौ १५ गते बर्दिया राजापुरका १४ र १९ वर्षका किशोरी कर्णाली नदीमा माछा मार्न गएका थिए।

माछा मारेर फर्किने क्रममा सशस्त्र प्रहरीका दुई जवान पनि राजापुर जाने भन्दै सँगै आए। साँझ परिसकेको थियो। छेदियाको जंगलमा आइपुग्दा सशस्त्र प्रहरी जवानले एक/एक जनालाई नियन्त्रणमा लिएर जबरजस्ती गरे।

सशस्त्र प्रहरीका जवानहरु सशस्त्र प्रहरी बल नं. ३४ गण हेडक्वाटर कैलाली मातहत श्रीलंका टापुमा रहेको बीओपीमा कार्यरत हुन्।

घटनाको उजुरी १४ गते प्रहरी कार्यालयमा परेको थियो । १५ गते प्रहरीले दुई जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।0

असोज १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्