पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु

सांकेतिक तस्बिर

नेपालगञ्ज– राप्तीसोनारी गाउँपालिका वडा नं ६, फत्तेपुरको नागराफल झरना नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९, बाँकेगाउँका १६ वर्षका शिवशंकर शुक्ला र १४ वर्षका विनोद बर्माको डुबेर मृत्यु भएको हो।

नेपालगञ्जबाट ६ जनाको समूह बनाएर किशोरहरु झरना हेर्न फत्तेपुर पुगेका थिए। झरना हेरिसकेपछि नजिकै रहेको तालमा पौडी खेलेका थिए। त्यसक्रममा दुई जना डुबेपछि अरुले उद्धार गरेर नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको थियो।

पाेष्टमार्टमका लागि दुबै जनाको शव भेरी अस्पताल नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ।

असोज १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्