श्रीमतीलाई कालाेमाेसाे दलेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

काठमाडाैँ – हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार भएकाे याे घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।

उनका अनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएकाे बाहेक अरु सबै अपराध स्वीकारेका छन्।

पीडित महिलालाई केही गाउँलेहरुकाे सहयाेगमा उद्धार गरेर शुक्रबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएकाे र अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएकाे डीएसपी सुवेदीले जानकारी दिए।

‘पर-पुरुषसँग प्रेम सम्बन्ध राखेकाे आराेपमा महिलामाथि अमानवीय व्यवहार भएकाे छ, घटनामा संलग्न उनका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेकाे छ’, सुवेदीले भने, ‘ महिलाले कसैसँग प्रेम रहेकाे कुरा झुटाे रहेकाे बताएकी छन् ।’

परपुरुषसँग सम्बन्ध राखेर ‘गाउँको इज्जतमा दाग’ लगाएका कारण कारबाही गरेको पक्राउ परेकाहरुले बताएको डीएसपी सुवेदीले जानकारी दिए।

असोज १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्