सतर्कता नअपनाउँदा काठमाडौँमा कोरोना संक्रमण तीव्र, १० दिनमै झन्डै १० हजार संक्रमित

काठमाडौँ– शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले सकेसम्म काठमाडौँ नआउनु हुन र आउनैपर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर मात्र आउन मन्त्रालय अनुरोध गर्दछ।’

पछिल्लो केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। देशभर थपिएका नयाँ संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिने गरेका छन्।

यस्तै शनिबार उपत्यकामा संक्रमितको दर ५५.५१ देखिएको छ। यसमध्ये देशभर २ हजार १ सय २० जना नयाँ संक्रमित थपिए, तीमध्ये उपत्यकाका १ हजार १ सय ७७ जना रहेका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको १० दिनको तथ्याङ्क हेर्ने हो भने उपत्यकामा संक्रमण दर ५५.७० पुगेको छ। यही १० दिनको आँकडा हेर्ने हो भने असोज १६ गते सबै भन्दा धेरै ६०.१७ प्रतिशत संक्रमित उपत्यकाका रहेको देखिएको छ। जसमा २ हजार ७ सय २२ जना देशभरबाट सबै भन्दा धेरै नयाँ संक्रमित भेटिए, सोही मध्ये १ हजार ६ सय ३८ जना संक्रमित उपत्यकाका थिए।

त्यस्तै असोज १२ गते उपत्यकामा संक्रमण दर ६०.११ देखिएको थियो। उक्त दिन देशभर १ हजार ३ सय ५९ जना नयाँ संक्रमित थपिएका थिए भने उपत्यकाका मात्रै ८ सय १७ जना थिए।
अन्य ठाउँमा भन्दा धेरै भिडभाड हुने ठाउँमा संक्रमिनको जोख धेरै हुने विज्ञहरुले बताएका छन्। यस्तै पटक पटक मन्त्रालयले भन्ने गरेको छ, ‘भिडभाडमा संक्रमणको जोखिम धेरै हुने भएकाले त्यस्तो ठाउँमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ। सकेसम्म एक अर्का बिच दूरी कायम गरौँ।’

लकडाउन खुलेसँगै विभिन्न जिल्लाहरुबाट उपत्यका भित्रिनेहरुको संख्याको चापले गर्दा संक्रमणको जोखिम उपत्यकामा धेरै हुने विज्ञहरु दावी गर्दै आएका थिए। बाहिरबाट मानिसहरु आएकाले पनि सतर्कता नअपनाएको विज्ञहरुको भनाइ छ।

हुन त बाक्लो बस्ती वा जनघनत्व धेरै भएको ठाउँमा संक्रमणको जोखिम बढी हुने विज्ञहरु बताउँछन्। लकडाउन खुलेसँगै विभिन्न जिल्लाहरुबाट उपत्यका भित्रिनेहरुको संख्याको चापले गर्दा संक्रमणको जोखिम उपत्यकामा धेरै हुने विज्ञहरु दावी गर्दै आएका थिए। बाहिरबाट मानिसहरु आएकाले पनि सतर्कता नअपनाएको विज्ञहरुको भनाइ छ।

उपत्यकाका विभिन्न ठाउँमा जमघट भइरहेका छन्। तर उक्त ठाउँमा दुरी कायम गरेको देखिदैन, सही तरिकाले मास्कको प्रयोग गरिएको पाइदैन। धेरैले यी कुरालाई बेवास्ता गरिरहेका छन्।
जनस्वास्थ्यका मापदण्ड सही तरिकाले पालना गरेसम्म सक्रमणलाई नियन्त्रण गर्न नसिकने प्रवक्ता डा. गौतमले बताए।

‘कोरोना भाइरसलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेसम्म नियन्त्रण गर्न सकिदैन। अहिले धेरै जसोले पालना नगरेको पाइएको छ। मापदण्ड पालना नगरिरहेका व्यक्तिलाई सही तरिकाले पालना गरी आफू र आफ्नो समाजका व्यक्तिहरुलाई बचाउन सहयोग गरिदिनुहोस्’, उनले भने।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ। जसमध्ये उपत्यकाका मात्रै २६ हजार ७ सय ४१ जना संक्रमित रहेका छन्।

त्यस्तै शनिबारसम्म कुल संक्रमित मध्ये ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने २१ हजार ३ सय २ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ।

असोज १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्