प्रदेश-२मा थप ३२ मा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या ११ हजार नाघ्यो

जनकपुरधाम-प्रदेश २ मा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ३ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

आइतवार सप्तरीमा १०, धनुषामा ७, सिरहामा ६, बारामा ४, रौतहट र पर्सामा २÷२ तथा महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा १, राजविराज नगरपालिकामा २, महादेवा गाउँपालिकामा १, सुरुङ्गा नगरपालिकामा १, राजगढ गाउँपालिकामा ४ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै धनुषाको जनकपुरधाममा २, भगवतीपुर, फुलगामा, लक्कड, सबैला नगरपालिका र ठाउँ नखुलेको स्थानका समान १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहाको धनगढीमाई नगरपालिकामा १, जिल्ला प्रहरी कार्यालय सिरहामा ४ र कल्याणपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल वीरगंजमा स्वाब संकलन भएको बाराको कलैया उपमहानगरपालिका, पचरौता गाउँपालिका, कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकाका समान १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगंजमै स्वाब संकलन भएका रौतहटको परोहा नगरपालिका र ठाउँ नखुलेको स्थानका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको ड्राइपोर्ट बहुअरी वीरगंज र नारायणी अस्पतालमा स्वाब संकलन भएको पोखरिया नगरपालिकाका एकजना तथा महोत्तरीको बदिया बनचौरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यस सँगै निको हुनेको संख्या ११ हजार ९२ पुगेको छ भने १ सय ३८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

असोज १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्