शीर्ष बरियताकी सिमोना हालेप फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिइन्

शीर्ष बरियताकी सिमोना हालेप फ्रेन्च ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छन्। इगा स्वीएटेकसँग पराजित भएर हालेप बाहिरिएकी हुन् ।
रोमानियन हालेपलाई उपाधि होडमा सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको थियो। तर उनी इगासँग ६–१ र ६–२ को सेटमा पराजित भइन् ।
सन् २०१८ कि च्याम्पियनलाई पराजित गरेर ५४ औँ बरियताकी इगा पहिलो पटक ग्राण्ड सलामको क्वाटर फाइनलमा प्रवेश गरेकी छन्।