संघीय समाजवादीले दाङ देउखुरी स्थायी राजधानीको पक्षमा मतदान गर्ने

दाङ- जनता समाजवादी पार्टी नेपालले प्रदेश ५ को स्थानीय राजधानी दाङ देउखुरीको पक्षमा मतदान गर्ने भएको छ।

सो पार्टीको संसदीय दलको बैठकले राजधानीको प्रस्ताव बैज्ञानिक ढंगले आएको भन्दै पक्षमा मतदान गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी नेपाल प्रदेश ५ का अध्यक्ष अशोककुमार यादवले बताए। प्रदेशको नामको बारेमा भने संसाेधन प्रस्ताव दर्ता गरिने जानकारी दिएका छन्।

‘प्रदेशको राजधानीको प्रस्ताव वैज्ञानिक ढंगले आएको छ,’ यादवले भने- ‘नामको बिषय भने पहिचानको रुपमा आएन। त्यही भएर यो प्रदेशलाइ थरुहट, अवध, मगरात प्रदेशको रुपमा बनाउन माग गरेका छौँ। नामको बिषयमा संशोधन प्रस्ताव दर्ता गर्छौँ।’

समाजवादी पार्टीका ५ सांसद छन्।

असोज १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्