काठमाडौँ- छोरी नयोनिका सिलवालको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा आमा जयन्ती सिलवाल र बुबा पूर्ण सिलवालले रत्नपार्कमा सोमबार सर्वसाधारणहरुलाई निशुल्क भोजन गराएका छन्।

छोरीको असायमिक निधन भएपछि उनको सम्झनामा कोरोना महामारीका कारण दैनिक भोजन जुटाउन गाह्रो भएकाहरुलाई भोजनको व्यवस्था गरिएको बुवा पूर्ण सिलवालले जानकारी दिए।

आमा जयन्ती र बुबा पूर्णले सर्वसाधारणहरुलाई आफैँ खाना बाँडेका थिए।

देशसञ्चारका फोटो पत्रकार रविन आचार्यले खिचेका केही तस्बिरहरु: