पशुपति क्षेत्र विकास काेषकाे कार्यालय घेराउ (तस्बिरहरु)

काठमाडौँ – विवादास्पद गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रका स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन्।

पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविदले गएको साउनमा चर्को विरोध गरेपछि सरकारले तत्कालका लागि गुरुयोजना स्थगन गरि अध्ययन कार्यदल बनाएको थियो । सो कार्यदललाई तोकिएको समयमा अध्ययन पूरा गर्न सकेन ।

गहन अध्ययनका लागि थप समय माग गरेपछि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सो कार्यदलले अध्ययन भइरहेको बताएको छ । तर स्थानीय बासिन्दा भने सम्पदा, संस्कृति मास्ने गरी ल्याइएको गुरुयोजना लागु गर्ने चलखेल भएको भन्दै पुनः विरोधमा उत्रिएका हुन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले बुधबार कोषको कार्यालयमा घेराउ गरेको छ । र्‍यालीसहित घेराउमा पुगेका स्थानीय बासिन्दाहरुले ‘ठेकेदारी प्रथा बन्द गर, धर्मको नाममा व्यापारीकरण बन्द गर, धर्मशाला बेच्न पाइँदैनः भ्रष्ट पदाधिकारी चाहिँदैन’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

असोज २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्