तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेलाई कोरोना पुष्टि

दाङ-तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण भएको छ।

ज्वरो आएपछि नगर प्रमुख पाण्डेले पिसिआर जाँचको लागी असोज १९ गते नमुना दिएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनलाई कोरोना पुष्टी भएको हो ।

उनी सहित सचिवालयमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । नगर प्रमुख पाण्डे अहिले होम आईसोलेशनमा रहेको प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिए।

‘ज्वरो आएको थियो।स्वाव परिक्षण गर्न दिनुभएको थियो । पोजेटिभ भएपछि अहिले होम आइसोलेशनमा बस्नु भएको छ’आचार्यले भने,‘जनताको काम गर्दा गर्दै कोरोना पोजेटिभ भयो । यसमा उहाँ दुःखी भन्दा पनि खुसी हुनुहुन्छ ।’

असोज २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्