नेपालगञ्जमा कोरोना संक्रमणबाट ८५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज -नेपालगञ्जमा कोरोनाबाट ८५ वर्षीया महिलाको मृत्यु भएको छ।

श्वास प्रश्वासमा समस्या भएपछि असोज २१ गते भेरी अस्पतालमा भर्ना भएकी बृद्धाको २२ गते पीसीआर जाँचका लागि स्वाव लिइएको थियो।

२३ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बृद्धाको गएराती मृत्यु भएको जानकारी दिए।

योसहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ।

यसैबीच, शुक्रबार २४ जना डिस्चार्ज भएका छन् । फोकलपर्सन श्रेष्ठका अनुसार, १८ पुरुष र ६ जना महिला डिस्चार्ज भएका छन्।

जिल्लामा अहिलेसम्म एक हजार सात सय ६२ जना डिस्चार्ज भइसकेका छन्।

असोज २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्