कोरोना संक्रमणदर उच्च देखिएपछि गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द

ललितपुर-गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए।

उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ।

यसैबीच गोदावरीमा आजसम्म कोरोना सङ्क्रमितका कूल सङ्ख्या २८२, डिस्चार्ज भएका १४६, होम आइसोलेशनमा रहेका १२१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ।

यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका थिए।

असोज २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्