परिवर्तित समय र मागका आधारमा परिवर्तन व्यवस्थापन

विश्वयापी माहामारी कोरोना भाइरस (कोभिड-१९)को संक्रमित संख्या अहिले दिन प्रतिदिन बढ्दै गएको कारण आर्थिक, सामाजिक, प्राविधिक एवम् नैतिक लगायत सबै क्षेत्रमा यसको प्रभाव परिरहेको अवस्था सर्वविदित छ।

कोरोना भाइरस (कोभिड-१९) का कारण परिवर्तित समय, माग र आवश्यकताको आधारमा संगठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरु सरकारले गरेका निर्देशन, निर्णयभित्र रही स्वास्थ्य र सुरक्षा अन्तर्गत (नियमित सरसफाइ, नियमित हात धुने, नियमित तथा अनिवार्य आवश्यकता अनुसार मास्क प्रयोग गर्ने, सेनिटाइजरको सही सदुपयोग, स्वस्थकर खानपानमा ध्यान दिई , सामाजिक तथा भौतिक दूरी कायम गरी) उपलब्ध भएसम्म e-service तथा प्रविधिको सदुपयोग गरी सर्वसाधारण जनतालाई छिटो, छरितो, सुलभ, सहज, सरल, गुणस्तरिय, भरपर्दो र प्रक्रिया अपनाई  सेवा प्रदान गर्नुपर्दछ।

कोरोनामय समयकालमा स्वास्थ्य तथा सुरक्षाका मापदण्डभित्र रही प्रभावकारी सेवा प्रदान गर्नुपर्दछ। प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्थापित सार्वजनिक प्रशासन (कोभिड-१९) कोरोना भाइरसका कारण देखापरेका परिस्थितिबाट अछुतो रहन सक्दैन।

समग्रमा राष्ट्रको अग्रगमन र प्रगतिको मापनको केन्द्रविन्दु नै सो राष्ट्रको प्रशासकीय व्यवस्था हुने हुँदा प्रशासनिक संयन्त्रमा सदैव परिवर्तित समयको माग र आवश्यकता अनुसार परिवर्तन हुनु अनिवार्य ठानिन्छ।

All things are Changeable Except Change. परिवर्तन एक निरन्तर चलिरहने प्रक्रिया हो। परिवर्तनका लागि सदैव सकारात्मक दबाब दिई राष्ट्र सेवकहरुलाई वर्तमान समय र मागको आधारमा क्षमता अभिवृद्धिको लागि समयानुकुल तथा परिवर्तित, प्रविधि मूखि तालिम, प्रशिक्षण तथा सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ।

यस्तो परिस्थितिमा परिवर्तित सन्दर्भ, माग र समयलाई अवसरको रुपमा लिई यथास्थितिबाट सुधारोन्मूख अवस्थामा पुग्नु परिवर्तन हो।

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्नाका कारणहरु

सर्वसाधारण जनताका जायज माग, इच्छा, आकांक्षा, आवश्यकता, चाहना, अवस्था, क्षमता अनुसार उपलब्ध स्रोत साधनको अधिकतम परिपूर्ति गरी संगठनको छवि चम्काउन।

दिन प्रतिदिन विश्व परिवेशमा विकास हुँदै गरेका वा अविष्कार भएका आधुनिक, समसमायिक, सूचना तथा सञ्चार र प्रविधिको अधिकतम सदुपयोग गर्न।

छिटो, छरितो, सस्तो, सहज, सरल, गुणस्तरिय, भरपर्दो र प्रभावकारी सेवा प्रवाह गरी संगठनलाई स्थायित्व दिन।

विकासका प्रयासमा सर्वसाधारण जनतालाई सहभागी उनीहरुको भूमिकाको उचित कदर गर्न।

यथास्थिति मनोवृर्त्तिलाई त्यागी अग्रगमन, प्रगति, समयानुकुल, कोरोनासँग जित्न र विकासको मार्ग रोज्न।

राष्ट्रसेवकहरुले स्वास्थ्य, सरसफाइ तथा सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई सरकारको निर्देशनभित्र रही प्रभावकारी सेवा प्रदान गर्न।

राष्ट्रसेवकहरुमा उच्चमनोवल, उतप्रेरणा प्रदान गरी कामप्रति निष्पक्षता, बफादार, सिर्जनशील र कर्तव्यनिष्ठ, वस्तुनिष्ठ बनाउन।

सर्वसाधारण जनता, व्यवस्थापन र राष्ट्रसेवकहरुको बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न।

संगठनहरुको बिचमा स्वस्थ प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न।

सेवा, सुविधा, लाभ, अवसरहरुको न्यायोचित समानुपातिक वितरण गर्न।

उपलब्ध स्रोत साधनको महत्तम र प्रभावकारी सदुपयोग गरी संगठनको उत्पादकत्व अभसवृद्धि गर्न।

परिवर्तित समय र मागको आधारमा परिवर्तनका क्षेत्रहरु

संरचनामा परिवर्तन

प्रविधिमा परिवर्तन

कार्यप्रणालीमा परिवर्तन

Physical and Social Distant Maintenance

Health and Sanitation Maintenance

Physical Settingमा परिवर्तन

Human Factors/behaviralमा परिवर्तन

संगठननात्मक संस्कृति

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन प्रक्रिया

Diognosis: समस्या पहिचान र क्रियाकलापको निर्धारण

Analysis: सरसल्लाह गर्ने र परिवर्तनका लागि वातावरण तयार पार्ने

Feedback: Agendaबारे Feedback लिने

Action: परिवर्तनको खास कार्यका साथै कार्यान्वयन गरिने

Appraisal: निर्धारित उद्देश्य पूरा गर्न सक्यो, सकेन हेर्ने तथा मूल्यांकन र समिक्षा गर्ने।

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापनका प्रभावकारी उपायहरु

राष्ट्रसेवकहरुको पदस्थापना, सरुवा, बढुवा, योग्यताको आधारमा गरिनुपर्दछ। वैदेशिक तालिम तथा अध्ययनका अवसरहरुको पनि समानुपातिक वितरण गरिनुपर्दछ। एकै तहमा पनि विभिन्न सेवा, समूहमा सेवा, सुविधा, अवसरहरुको समानुपातिक वितरणलाई निरुत्साहित गर्दै आकर्षक र अनाकर्षक सेवा, समूह विभेद हटाउनुपर्दछ।

सहभागितामूलक व्यवस्थापनको अभ्यास गर्दै सम्मतिपूर्ण निर्णय निर्माण प्रक्रियालाई अवलम्बन गर्नुपर्दछ।

परिवर्तन अपरिहार्यताबारे राजनीतिक शक्ति र उच्च प्रशासनिक नेतृत्वलाई बोध गराई उनीहरुको परिवर्तनप्रति प्रतिबद्धता एवं कटिबद्धता हासिल गर्नुपर्दछ।

संगठनमा खुला सञ्चार प्रणालीको विकास गरी समन्वय, साझेदारी, सहयोगी र सञ्चारको क्षेत्र फराकिलो बनाउनुपर्दछ।

केन्द्रमा रहेको अधिकार, शक्ति, भूमिका र जिम्मेवारीलाई मातहतमा प्रत्यायोजन गरी मातहतका स्गठन तथा कर्मचारीमा उच्च मनोबल र उत्प्रेरणा प्रदान गर्नुपर्दछ।

परिवर्तनका प्रयास संरचना केन्द्रित र कार्यविधि केन्द्रित मात्र नबनाई प्रक्रिया व्यवस्थापन शैली, कार्य, प्रवृत्ति र व्यवहारको सुधारमा पनि पर्याप्त ध्यान दिनुपर्दछ।

संगठनमा परिवर्तनको आवश्यकताको पहिचान गरी कार्ययोजना बनाई समूहकार्य निर्माण गरी पारस्पारिक सहयोग, समन्वय र समर्थनमा सुधार कार्य गर्दै जानुपर्दछ।

परिवर्तित अवस्थामा कर्मचारीहरुलाई आफ्नो भूमिका र दायित्व प्रभावकारी ढङ्गले सम्पादन गर्ने क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ।

परिवर्तित अवस्थामा कर्मचारीको सुविधा, हैसियत र प्रतिष्ठता एवं सेवाको सुरक्षाको कुनै किसिमको नकारात्मक असर नपर्ने कुरामा विश्वास दिलाउन सक्नुपर्दछ।

गुणात्मक परिवर्तनका लागि नागरिक समाज, विभिन्न संघसंस्था, उतभोक्ता समूह सामुदायिक संगठन तथा आमसञ्चारबाट पनि दबाब सिर्जना गर्नुपर्दछ। साथै नागरिकहरुले परिवर्तनको लागि आफ्नो स्तरबाट सकेसम्मको सहयोग र समर्थन गर्नुपर्दछ।

निष्कर्ष


कोरोना भाइरस(कोभिड-१९)को कारण परिवर्तित सन्दर्भ, समय तथा उत्पन्न असहज परिस्थितिसँग भागेर, डराएर, पन्छिएर, ह्रास खाएर, मनोबल खसाएर, डर, त्रास र भयमा बाच्नु भन्दा राम्रो कोरोना भाइरस(कोभिड-१९)सँग जुधेर, डटेर, लडेर, सम्पूर्ण सावधानीहरु अपनाएर, उच्च मनोबलका साथ, स्वस्थ रहि, सरकारका नीति निर्देशन पालना गरी, दैनिक योग, ध्यान, व्ययाम र हाँसिलो तथा सक्रिय भई सकारात्मक सोचका साथ परिवर्तित समय र मागको आधारमा परिवर्तन भई प्रभावकारी, गुणस्तरिय तथा भरपर्दो सेवा प्रदान गर्नुपर्दछ।

संकट सधैँ एकनाश रहँदैन, विस्तारै टरेर जान्छ। तसर्थ उपलब्ध भएसम्म e-service, e-learning,  e-working, etc.सँग परिचित हुँदै परिवर्तित समय र मागको आधारमा परिवर्तित व्यस्थापनलाई आत्मसाथ गर्दै जानुपर्दछ।

साथै Awareness in people, high expectation of people, Democritization,  Qualitative service delivery, Openness and demand of Innovationमा विशेष जोड दिदैँ परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्दछ।

(लेखक यादव शिक्षा विकास तथा समन्वय इकाई, धनुषामा शाखा अधिकृत पदमा कार्यरत छन् )

                                            

 

 

असोज २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्