भारतबाट आएको ट्रकबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजना पक्राउ

पर्सा-वीरगञ्ज स्थित अलौ र्सिसियामा रहेको एकीकृत जाँच चौकी आईसिपी भएर आएको भारतीय ट्रकबाट प्रहरीले ठुलो परिमाणमा रहेको लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।

आईसिपी नाका भएर भारतबाट नेपाल भित्रिएको एच आर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रकबाट प्रहरीले लागु औषध वीनसिरेक्स १ हजार २ सय ६ बोत्तल र नुरफिन २ सय ९७ एम्पुल बरामद गरेको हो।

लागुऔषधसहित ट्रकका चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया ४ बस्ने २० बर्षका बिक्रान्त पटेल, ट्रकमा सवार सोही स्थानका २८ बर्षका रामबालक राम र २० बर्षका आकाश कुमार रामलाइ समेत प्रहरीले पक्राउ गरेको हो।

आईसिपी भएर आएको ट्रकलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज २४ बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनि तथो माथिको बोर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणमा रहेको लागुऔषध बरामद गरेको हो।

लागुऔषधसहित पक्राउ परेका तीनैजनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

असोज २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्