हिजो निर्मला आज सम्झना, भोली हजुरको कोही ?

सामूहिक करणीमा संलग्‍न व्यक्ति अझैँ पक्राउ पर्न सकेनन्, तुलसीपुरमा किशोरीहरुको मौन प्रदर्शन

दाङ-करणी गरेको अभियोग लागेका दुई व्यक्ति अझैं पक्राउ परेका छैनन्। तुलसीपुरकी एक किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरी कार्यालयमा दिएकी हुन।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया किशोरीमाथि खाली घरमा लगेर सामूहिक बलात्कार गरेको उजुरी दिएकी हुन।

तुलसीपुर–५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर-७ निवासी १८ वर्षका करण सार्कीले मानिस नबस्ने रित्तो घरमा लगेर सामूहिक बलात्कार गरेको जोहरी दर्ता भएको र घटनामा संलग्न व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

‘अभियोग लागेका व्यक्तिहरुको खोजी गरिरहेका छौँ। हामीले उनीहरुलाई नियन्त्रणमा लिन्छौं’डिएसपी सिंहले भने, ‘उनीहरुलाई कानुनी दायरामा ल्याएर छोड्छौं।’

असोज २२ गते राति ११ बजे तुलसीपुर–५ रानी जरुवाको एउटा रित्तो घरमा लगेर उनिहरुले बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । बन्धक बनाएर अर्काे दिन पनि बलात्कार गरेको उल्लेख छ । चिनेजानेकै साथिहरुबाट बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतले बताएको छ ।

कारबाहीको माग राख्दै प्रदर्शन


बलात्कारपछि हत्याका घटना बढ्नथालेपछि तुलसीपुरमा विरोध प्रर्दशन गरिएको छ। तुलसीपुरको वीपीचोमा स्वतस्फूर्त जम्मा भएका युवायुवतिले घटनमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मौन प्रर्दशन गरेका हुन ।

हिजो निर्मला आज सम्झना, भोली हजुरको कोही ?


सरकार चुप कहिले सम्म ?, मौन बसेको सरकार किन बढ्दै छ बलात्कार ? सरकार कहाँ चक्दैछ बलात्कारीसँग झुक्दै छ, सरकार देखाउ इच्छा खैत महिलाको सुरक्षा ? लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका युवायुवतिले विहान ८ बजेदेखि १० बजेसम्म प्रर्दशन गरेका हुन् ।

१६ बर्ष मूनिका बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने संघिय संसदमा महिला सासदले माग गरिरहदा देशका विभिनन भागमा पनि महिला अधिकारकर्मी, विभिन्न संघसंगठन र युवायुवतीले प्रर्दशनलाई तिब्र पारेका हौँ।’

असोज २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्