अडिटर्स एशोसिएसन र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं–नेपाल अडिटर्स एशोसिएसन (अडान) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिनाधितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ।

द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ३८ शाखाबाट बिनाधितो १५ लाखसम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गरिनेछ ।

यो सम्झौता पछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा ीष्त्रगष्मष्तथ को समस्या र प्रोफेशनल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विश्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिए।

उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसन (अडान) का तर्फबाट अध्यक्ष मोहन राज रेग्मीले मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु गरेका हुन्।

अडानले लेखाव्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

असोज २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्