कविता

‘पापी कोरोना’को नाउँमा

कस्तो पापी रहेछ यो कोरोना संसारभरि नै छायो।

ठूलासाना धनीगरीब सबैलाई कोरोनाले खायो।

 

सबैको मनमा त्रासै – त्रास, कहिँकतै छैन शान्ति।

सबै दुखी सबै चिन्तित छैन कसैको अनुहारमा कान्ति।

 

धनीहरुलाई धनकै पिर छ गरीबलाई पिर खालि पेट।

कस्तो समय देख्नुपर्‍यो मर्दा पनि कसैसँग हुँदैन भेट।

 

कति पीडा सहनुपर्ने, नपाउँदा आफन्तलाई दिन दागबत्ती।

किरा मिरा मरेसरी मर्नुपर्‍यो पाइएन आफन्तले गर्न सद्गति।

 

कोरोनाको कहरले हाहाकार भैरहेछ आज विश्व संसारैभरि।

के गरौँ र कहाँ जाऊँ कसो गरौँ भन्ने पिर मानिसमा सधैँभरि।

 

मनमा शान्ति छैन दिनमा भोक छैन रातको निद्रा सबैको हराएछ।

कस्तो दुख: देख्नु, भोग्नुपर्‍यो बिधाताले किन यस्तो गराएछ।

यही कोरोनाले गर्दा लाखौँलाख श्रमिकको रोजगारी नै हराएछ।

 

ठूलाठूला शक्तिसम्पन्न राष्ट्रहरुको पनि अर्थतन्त्र छैन ठाउँमा।

अर्बौँ खर्बौको घाटा भइरहेछ यही पापी कोरोनाको नाउँमा।

 

ठूलाठूला उद्योगपतिहरुको पनि त्यसै त्यसै सातो गयो।

संसारमा पाप धेरै भएर हो कि दैव किन यस्तो भयो।

असोज २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्