सिटिजन्स बैंकको मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुविधा

काठमाडौँ-सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ।

बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन्।

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्ने र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्