कात्तिक ७ गतेबाट क्लिनफिडमा नगए विदेशी च्‍यानललाई कारबाही गर्ने चेतावनी

काठमाडौँ-सरकारले आगामी कात्तिक ७ गतेबाट विदेशी च्‍यानलहरु क्लिनफिडमा नगए सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गरी कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फीड) प्रशारण नभएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफीड) प्रसारण गर्नु पर्ने व्‍यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै उक वर्षको तयारी अवधि समेतको व्‍यवस्था भएकोले  ऐनको मर्म र भावना अनुरुप तोकिउको मितिदेखि विज्ञापनरहित (क्लिनफीड) प्रसारण गर्न/गराउन सम्बन्धित  सबै संघसंस्थाहरुलाई अनुरो गरिएको छ।  मिति २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहीत (क्लिनफीड)  प्रसारण नभएमा प्रचलित कानुन बमोजिम हुने व्‍यहोरा समेत जानकारी गराइन्छ।’

यस्तै २०७७ कात्तिक ७ गतेभित्र क्लिन फीडमा जानुपर्ने व्यवस्था ऐनमा नै गरिएको भन्दै विज्ञप्तिमा एक वर्षको तयारी अवधि समेत सकिएको उल्लेख छ।

पछिल्लो समय पनि विदेशी च्यानलहरू प्रशारण गर्दा त्यहीँको विज्ञापन बज्ने गरेकोले त्यसलाई विज्ञापनरहित प्रसारण गर्न कानूनमै व्यवस्था गरिसकिएको छ।

 

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्