कोरोना छल्दै, दसैँको लुगा किन्दै!! (तस्बिरहरु)

काठमाडौँ- दसैँ आउनै लाग्दा काठमाडौं उपत्यकामा दसैँको सपिङ सुरु भइसकेको छ। सर्वसाधारणहरु दसैँका लागि भनेर कोरोना संक्रमणको बेपर्वाह गर्दै किनमेल गरिरहेका छन्।
बुधबार काठमाडौँको सुन्धारास्थित फुटपाथमा बेच्न राखिएका रेडिमेड कपडाहरु सर्वसाधारणहरु दसैंका लागि किनमेल गर्न व्यस्त देखिएका थिए। उनीहरुले कोरोना संक्रमणको कुनै डर नराखिकन भिडभाड गरेर दसैँका लागि किनमेल गरिरहेका छन्।
सुन्धारा, सहिदगेट र टुँडिखेल गेटबाहिर दसैँका लागि भनेर फुटपाथ पसलमा लत्ता कपडा बेच्न राखिएको छ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: