सप्तरीको बोदेबर्साइनमा सानिमा बैंकको काउन्टर स्थापना

काठमाडौँ-सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

उक्त बैंकको शाखाको उद्घाटन प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन्।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्‍न आग्रह गरे।

बोकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन्।

असोज २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्