कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणसहित २० जनाद्धारा प्लाज्मा दान

फाइल तस्बिर

चितवन-कोरोना सङ्क्रमण मुक्त भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अबसरमा बिहीबार यहाँ आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन ।

नारायणगढमा भएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीहरुलाई उपचारमा सहज वनाउनका लागि प्लाज्मा दान गरेका हुन।

कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणले प्लाज्मा दान गरेका हुन। यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ।

चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए।

उनका अनुसार अब दशैपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना रहेको छ।

असोज २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्