भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो, एक लाख १२ हजारभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७० हजार ४६८ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६४ लाख ४८ हजार ६५८ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

विश्वभर भने संक्रमितको संख्या तीन करोड ९२ लाख २ हजार २८ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर ११ लाख ३ हजार ३४३ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्