प्रदेश-१ मा ४६८ संक्रमित थपिए, २२१ जना डिस्चार्ज

मोरङ-मोरङ्ग र सुनसरीमा ४ सय ७ सहित प्रदेश १ मा ४ सय ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरंगमा २ सय ७, सुनसरीमा २ सय , झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा समान २, भोजपुर र ताप्लेजुङमा समान १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा १ सय ३४ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये ४९ महिला र ८५ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मोरङ्गको सुन्दरहरैचा नगरपालिकामा १३, उर्लाबारी नगरपालिकामा १२, बेलबारी नगरपालिकामा ११, पथरीशनिश्चरे नगरपालिकामा ७, ग्रामथान गाँउपालिकामा ५, केराबारी गाँउपालिकामा ३, लेटांग नगरपालिकासंगै बुढीगंगा, कानेपोखरी र धनपालथान गाँउपालिकामा समान २, कटहरी गाँउपालिकासंगै रंगेली र रतुवामाई नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका ११ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको धरान उपमहानगरपालिकामा १ सय ८, इटहरी उपमहानगरपालिकामा ६५, दुहवी नगरपालिकामा ६, बराहक्षेत्र नगरपालिकामा ५, बर्जु गाँउपालिका र रामधुनी नगरपालिकामा समान ३, गढी गाँउपालिका र इनरुवा नगरपालिकामा समान २, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि, झापाको विर्तामोड नगरपालिकामा ८, भद्रपुर नगरपालिकामा ६, दमक नगरपालिकामा ४, अर्जुनधारा नगरपालिकामा ३, बुद्धशान्ति गाँउपालिका र गौरादह नगरपालिकामा समान २, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ मा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, पहाडी क्षेत्रतर्फ तेह्रथुमको म्याङलुङ नगरपालिकामा २, लालीगुराँस नगरपालिकामा १, स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ। त्यसैगरि, उदयपुरको त्रियुगा नगरपालिकामा ३ र बेलका नगरपालिकामा १, इलामको माई, देउमाई नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, धनकुटामा २, संखुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाँउपालिकामा समान १, भोजपुरको षडानन्द गाँउपालिकामा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशमा हालसम्म १२ हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अर्कोतर्फ, प्रदेश शुक्रकार २ सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् । प्रदेशका विभिन्न स्थानका होमआईसोलेसनबाट २ सय ९ र विराटनगरको न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन्।

यससंगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५ सय ६१ पुगेको छ।प्रदेश १ मा शुक्रकार १ हजार ४ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको थियो।

परीक्षण गरिएका मध्ये १ सय ६४ महिला र ३ सय ४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ४३ हजार ९ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको जनाएको छ।

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्