ढुङ्गाकाे पङ्ति

सरकार झैँ कडा

‘टेकु’ साेझियाे ।

 

टेकु नटेकु

लत्रिएकाे डाली छ

भुईँमा ब्वाँसाे !

 

ब्वाँसाहरू हुन्

मुसार्दै सिध्याउने

नश्वर -देह !

 

देह मर्दैछ

बाँच्दैछ सरकार

एउटा भ्रम ।

 

भ्रमकाे पर्दा

जीवन ढल्छ खुल्छ

चेत नखुल्दा ।

 

खुल्छन् केवल

द्रव्यका दुई आँखा

लाेभ र सत्ता !

 

सत्ताकाे जिद्धि

आफ्नै लयमा मस्त

हामी रमिते ।

 

रमिता हेर्न

सरकार हेर्ने कि !

दर्पण-छाया !

 

छाँया अचेल

आफैबाट भाग्दैछ

हरे ! ईश्वर

 

ईश्वर पाखा,

विष्णुजीलाई काखा

उस्तै हाे भाका !!!

 

भाका नफेर्दै

अनिष्ट निम्तिसक्छ

सबै बढार्छ !

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्