हिल्सामा चिनियाँ पक्षद्वारा घेरबार गरिएको छ ९ नम्बर पिलर

हिल्सा – सीमा स्तम्भ भन्दा वारी पारीमात्रै भोगचलन गर्न पाइने मान्यतालाई लत्याएर चीनले नेपासँगको सीमा नाका हिल्सामा रहेको नम्बर सीमा स्तम्भ आधा आफ्नोमा पर्ने गरी तारबार गरेको पाइएको छ।

नेपाल तर्फ सीमा स्तम्भको आधा भाग छोडी आफू तर्फको आधा स्तम्भ समेत पर्ने गरी चीनले तारबार गरेको हो । चीनले सीमा स्तम्भलाई बिचमा पारेर आफ्नो भूभागलाई तारबार गरेको हो ।

सामान्यतः पिलरलाई छुट्टै स्थान दिनु पर्ने कुरालाई ध्यानै नदिएर हिल्साको मूख्य मार्गमै रहेको नौ नम्बर पिलरलाई चीनले तारबार गरेको हो । चीनले यस्तो गर्न नपाउने हिल्सा खटिँदै आएका सुरक्षकर्मी बताउँछन् ।

चीनले गल्ती गरेको र अब तारबार तोडेर पिलरको मान्यता राख्नुपर्ने ती सुरक्षाकर्मीको तर्क छ। सिमानाका सन्दर्भमा अन्तर्राष्ट्रिय मान्यता अनुसार चीनसँगको नेपालको सिमाना सबै बन्द सिमाना अन्तर्गत पर्छ, जहाँ सिमा पास अनुसार दुवै देशका नागरिकले निश्चित दूरीसम्म आवत जावत गर्न पाउँछन् ।

यस्तै चीनले आफ्नो भूभागको मुख्य गेट पनि सिमानासँगै जोडेर बनाएको छ । तर गत असारमा नेपालले बनाएको प्रवेशद्धार सिमानाको बीसदेखि पच्चीस मिटर नेपाली भूभाग तर्फ छ ।

कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्