प्रहरीले वीरगञ्जमा समात्यो २२ किलो ४ सय ग्राम सुन

सांकेतिक तस्बिर

वीरगञ्ज– प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज–६ कुम्हाल टोलमा रहेको एक अपार्टमेन्टमा छापा मारी उक्त परिमाणको सुन बरामद गरेको हो। बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको सुनको बारेमा विस्तृतमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्