पुराना क्यामेरापर्सन मास्केको निधन

बैकुण्ठमान मास्के।
काठमाडौँ– नेपालका पुराना क्यामेरापर्सन बैकुण्ठमान मास्केको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनको निदान अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।
कोरोनाको संक्रमण भएकाले उनको शव आर्मीले व्यवस्थापन गरेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।
उनी मृगौलाका दिर्घ रोगी भएकाले केही वर्षयता डायलासिस गराउँदै आएका थिए।
उनले ६० को दशकमा भारतको पुना फिल्म इस्ट्यिूटबाट स्नातक गरेक थिए। उनले ‘मनको बाँध’ चलचित्रसँगै अन्य चलचित्रमा पनि काम गरेका थिए।
यस्तै उनी रोयर्टस न्यूज एजेन्सीमा पनि आबद्ध भए। उनी ९० को दशकमै सिनेमाटोग्राफी पढेर चलचित्र क्षेत्रमा लागेका थिए।
कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्