न्युजिल्यान्डमा प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको लेबर पार्टी भारी मतले विजयी

ज्याकिन्डा आर्डेन।

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले त्यहाँको आम निर्वाचनमा भारी विजय हासिल गरेकी छन्।

ज्यासिन्डा आर्डर्नको लेबर पार्टीले ४९ प्रतिशत भोट हासिल गरेको छ भने उनले बहुमतको विजय हात पार्ने निश्चित प्राय: रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

विपक्षी नेसनल पार्टीले अहिलेसम्म २७ प्रतिशत मत मात्र हासिल गरेको छ भने शनिबारको निर्वाचनमा पराजय स्वीकार गरिसकेको छ।

सेप्टेम्बरमा हुने भनिएको निर्वाचन कोभिडका कारण एक महिना पछि सरेको हो।

त्यहाँको समयअनुसार बिहान ९ बजे सुरु भएको निर्वाचन ७ बजे सकिएको हो।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्