काठमाडौँ- राजधानीको माइतीघरमा शनिबार देशमा जारी बलात्कार र बलात्कारपछि हत्याका घटनाबारे प्रदर्शन भएको छ।

आक्रोशित युवा युवतीहरुको समूहले माइतीघरमा विरोध प्रदर्शन  गरेको हो।

उनीहरुले बलात्कारबिरुद्ध सरकार कडा रुपमा प्रस्तुत नभएको भन्दै नारा लगाएका थिए।

प्रदर्शनका क्रममा उनीहरुले बलात्कारसम्बन्धी नाटक पनि देखाएका थिए। साथै उनीहरुले कविता वाचनसमेत गरेका थिए।

देशसञ्चारका फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु: