शिव श्रेष्ठ निर्मित चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक

काठमार्डौँ– वरिष्ठ कलाकार शिव श्रेष्ठ निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक भएको छ।

शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरको डेब्यु चलचित्रमा यी दुई प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन्।

नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ चलचित्रमार्फत दर्शकलाई ४ दशकसम्म मनोरञ्जन दिएका श्रेष्ठ यो चलचित्रमार्फत कोभिडपछिको निराशाजनक समयलाई चिर्ने आशा राख्छन्। चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्।

२०७४ चैत्र ३० गते उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको चलचित्रको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो।

‘मल्टी स्टार’ र ‘बिग बजेट’ को चलचित्र भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटले जनाएको छ।

यस अगाडि निर्माण गरेको फिल्म बाग्मती व्यवसायिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यसोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्मप्रति सद्भाव प्रष्ट गर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्ना साथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गरिएको छ।

दोस्रो टिजरमा माया र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्ममार्फत डिब्युको तयारी गरेका शक्ति श्रेष्ठ र कविता मानन्धर यो दोश्रो टिजरमा आएर समिटिएका छन्।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता यसोधा राई र दिनेश दर्शनधारी र सहनिर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर छन्।

कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्