कोरोना अपडेटः संक्रमित १ लाख २९ हजार ३०४, निधन ७ सय २७, डिस्चार्ज ८९ हजार ८४०

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताए। यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ। जसमध्ये काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए।  नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या १ हजार ८ सय रहेको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए। हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ।

आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन्। देशभर क्वारेन्टिनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ।

यस्तै मन्त्रालयले देशभर २९० जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

प्रवक्ता डा. गाैतमले प्रदेश १ मा ३४, प्रदेश २ मा १३, बागमती प्रदेशमा १ सय ५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ९/९ जना गरी २९० जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।

उनका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा एक, बागमती प्रदेशमा ४८, गण्डकी प्रदेशमा चार, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीनजना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मुस्ताङमा भने कोरोना संक्रमितको संख्या शून्य छ।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्