अनुराधा कोइरालालाई कोरोना संक्रमण, माइती नेपाल सिल

काठमाडौँ– माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण भएको छ।

उनी एक सातादेखि होम आइसोलेसनमा बसिरहेकी छन्।

उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालका एक कर्मचारीले जानकारी दिए।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यलय सिल गरिएको छ।

कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्