प्रदेश–२ को जनकपुरधाममा महिन्द्राको शो रुम सञ्चालनमा

जनकपुरधाम– महिन्द्रा कम्पनीले प्रदेश २ को सबैभन्दा ठूलो शो रुम जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। शनिबारदेखि जनकपुरधाममा महिन्द्रा मोटरगाडीले सुविधा सम्पन्न अत्याधुनिक शो रुम संचालनमा ल्याएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलियामा रिचा मोटर्स प्रा.लि. नामले संचालनमा आएको उक्त शो रुमले अधिकृत रुपमा सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण गर्ने भएको छ।

शो रुमका संचालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कार्पियो, बोलेरो, टयाक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिसिङको व्यवस्था रहेको बताए।

उनले सम्बन्धित गाडीको स्पेयर पार्टसका लागि अब बाहिर जानु नपर्ने भन्दै गाडीको सर्भिस अत्याधुनिक मेसिन र दक्ष मेकेनिकबाट छिटोभन्दा छिटो गराएर दिने बताए।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्