आर्सनलमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले गरेको गोल नै सिटीको जितका लागि निर्णायक बन्यो ।

जितपछि चार खेलबाट सात अंक जोडेको सिटी नवौँ स्थानमा छ । अर्को खेलमा चेल्सी साउथह्याम्पटनसँग ३–३ को बराबरीमा रोकिएको छ ।

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्