जित्नैपर्ने दबाबमा रहेका दुई टोली : कोलकाताविरुद्ध टस जितेर बलिङ गर्दै हैदराबाद

जारी इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच केहिबेरमा प्रतिस्पर्धा सुरु हुँदै छ।

नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा हैदराबादले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। दुवै टोली जित हात पार्नुपर्ने दबाबमा छन्। कोलकाता ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ।

८ खेलबाट ६ अंक भएको हैदराबाद पाँचौँ स्थानमा छ। प्ले अफमा पुग्न शीर्ष चारमा रहनु पर्ने भएकाले दुवै टोली दबाबमा छन्। ९ खेलपछि दिल्ली क्यापिटल्सको १४ र रोयल च्यालेन्जर्स बैंगलोरको १२ अंक छ।

८ खेल खेलेको मुम्बई इन्डियन्सको १२ अंक छ। आइतबार हुने दोस्रो खेलमा मुम्बई र किङ्स इलेभेन पन्जाब भिड्दैछन्।

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्